Connect with us
Kapilvast Forest

राजकुमार लेखी एमाले प्रवेश

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गर्नु भएको छ ।गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गर्नु भएको छ । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हो ।

पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका उनले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी गठन गर्नु भएको थियो । त्यसपछि सो पार्टीलाई राजेन्द्र महतोको सद्‍भावना पार्टीसँग एकता गर्नु भयो । त्यसयता मधेस केन्द्रित दलमा रहे । पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लाग्नु भएको थिया । एमाले प्रवेश गर्नुअघि उनले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्नु भउको थियो ।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि एमाले प्रवेश गर्नु भएको ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu