कपिलवस्तुमा नवदुर्गाको मुर्ति बनाउन कालिगढहरुलाई भ्याईनभ्याई
कपिलवस्तु-दुर्गा पुजा नजिकिएसगैँ कपिलवस्तुमा मुर्ति बनाउन यतिखेर कालिगढहरु व्यस्त रहेका छन । यस वर्षको दशैं यहि असोज २१ अर्थात २ दिन पछि
शुरु हुँदै छ । २१ गते घटस्थापना अर्थात नवरात्र आरम्भको दिन हो । दशै शुरु हुन अब २ दिन मात्रै बाँकी रहेकोले कपिलवस्तुमा नव दुर्गा माताको मुर्ति बनाउन मुर्तिकारहरुलाई यतिबेला भ्याई नभ्याई रहेको छ ।
बिजया दशमी नजिकिएसगैँ जिल्लाका बिभिन्न स्थानमा देवी देवताको माटोका मुर्तिहरु बनाउन भ्याईन नभ्याई भएको हो । एक महिना अघि देखि मुर्ति बनाउन सुरु गरेका उनीहरु अहिले बिभिन्न आकारका मुर्ति बनाउन तल्लीन छन् ।
जिल्लाका १० वटै पालिकामा रहेका मुर्तिकारहरु बिजयादशीमा प्रर्दशन गरिने हँदा मुर्तिहरु बेच्नकालागि अहिले मुर्ति बनाउनमा ब्यस्त छन ।मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले मुर्तिकारहरु अहिले सजावट तथा रंगरोगन कार्यमा लागेका छन ।
दशैंको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मुर्तिहरुका बनाउन आर्डर आएकोले दिनरात मुर्ति बनाउन ब्यस्त रहेको मुर्तिकारहरुको भनाइ छ ।दुर्गा पुजामा माटोको मुर्ति विक्रि गर्नको लागि माटोको दुर्गाको मुर्ति बनाउन मुर्तिकारहरु अहिले रातदिन खटिरहेका छन ।कपिलवस्तुका विभिन्न स्थानमा १ महिना अघिदेखी नै मुर्तिकारहरु कडा मिहनतका साथ दुर्गा माताको मुर्ति बनाईरहेको देखिएको छ ।
तौलिहवाका एक मुर्तिकारले १५ हजार देखि ४० हजार बढी सम्मका मुर्तिहरुको अर्डर भएको बताउनु भयो । २ बर्ष सम्म मुर्ति बचेर राम्रो आम्दानी गरेको अनिलले कोरोनाका कारण मुर्तिको बिक्री र रेट समेत घटेको गुनसो समेत गर्नु भयो ।
कोरोनाले गर्दा मुर्तिको मागको अर्डर घटेको कालिगढहरुको गुनासो छ । माटोको मूर्ति वार्षिक रुपमा बिक्रि हुँदै आए पनि दुर्गा पुजामा अधिक विकृ र अडर हुने कालिगढहरुको भनाइ छ ।