Connect with us
Kapilvast Forest

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुई तिहाईको समर्थन

२०७८, २० आश्विन बुधबारमा प्रकाशित

 

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिनु भएको छ । मुख्यमन्त्री राउतले विश्वासको मत दिन प्रदेश २ को प्रदेश सभा बैठकमा गर्नुभएको प्रस्ताव माथि सभामुख सरोजकुमार यादवले मतदान गराँउदा मुख्यमन्त्रीको पक्षमा ७७ र विपक्षमा २३ मत परेको थियो ।

प्रदेश नं.२ को प्रदेशसभामा कायम रहेको १०४ जना प्रदेशसभा सदस्य मध्ये आजको बैठकमा उपस्थित एकसय जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिँदा प्रदेशसभामा कायम रहेको प्रदेशसभा सदस्यको संख्यामा बहुमतको लागि ५३ मत चाहिएकोमा मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा ७७ मत परेकोले उक्त संख्या बहुमत रहेको सभामुख यादवले घोषणा गर्नुभएको थियो ।
मुख्यमन्त्री राउतलाई जनता समाजवादी पार्टी,नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा(एकिकृत समाजवादी ),नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले मतदान गरी समर्थन गर्नु भएको छ । मुख्यमन्त्री राउत नेतृत्वको सरकारको विपक्षमा जसपाबाट फुटेका लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले मतदान गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu