Connect with us
Kapilvast Forest

म कुनै हालतमा राजीनामा दिन्नँ, तागत भए महाअभियोगबाट हटाए हुन्छ:जबरा

२०७८, ९ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिनुभएको छ ।मन्त्रिमण्डलमा भाग लिएको विषयपछि राजीनामाका लागि चौतर्फी दबाब परे पनि राणाले सडकबाट कसैले दबाब दिँदैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो ।

आज सर्वोच्च अदालतका न्यायाधीशहरूसँगको भेटमा राणाले कसैले भन्दैमा र दबाब दिँदैमा आफूले राजीनामा नदिने बताउनुभयो ।

आफू संवैधानिक प्रक्रियाबाटै नियुक्त भएकाले छोड्नु परे पनि संवैधानिक प्रक्रियाबाटै छोड्ने उहाँले बताउनुभयो । यद्यपि राणाले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताउनुभयो ।

राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताउनुभएको थियो । यसअघि बीबीसीसँगको एक अन्तर्वार्तामा पनि राणाले आफू महाअभियोगको सामना गर्न तयार रहेको तर राजीनामा नगर्ने बताउनुभएको छ ।

मन्त्रिमण्डलमा भाग लिएको भनिएको विषयले प्रधानन्यायाधीश राणालाई राजीनामाका लागि सहकर्मी न्यायाधीशदेखि नेपाल बार एसोसिएसन र अवकाशप्राप्त पूर्व प्रधानन्यायाधीशहरुले दबाब दिइरहेका छन् । तर राणाले भने आफूले कुनै किसिमको गल्ती नगरेको दाबी गर्नुभयो ।

आफ्नो नेतृत्वमा न्यायपालिकाले जनविश्वास बढाएपछि त्यसलाई धरासायी पार्न विभिन्न पक्षबाट प्रहार भइरहेको उहाँको आरोप छ ।

प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा न्यायालयप्रति जनविश्वास बढेको जिकिर गरे पनि उहाँको राजीनामा माग्ने पक्षको भने त्यस विपरीत दाबी छ ।

राणाले न्यायालयको गरिमालाई क्षति पु¥याएकोले राजीनामा दिएर निकास दिनुपर्ने उक्त पक्षको माग छ ।

तर प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताउनुभयो ।

न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा सर्वोच्च अदालतको मानमर्दन भएको आलीको टिप्पणी छ ।

यता सत्ता गठबन्धनका एक शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताउनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले राजीनामा नगरे महाअभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले यसबारे कुनै छलफल नभएको तर अब पाँचवटै दल जुटेर संवाद गरिने बताउनुभयो ।

न्यायालयको स्वतन्त्रता र गरिमालाई कहिँकतै आँच आउन नदिन आफूहरू सतर्क रहेको प्रचण्डले बताउनुभयो ।

यसैबीच नेपाल बार एसोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् ।

आज बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका हुन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu