Connect with us
Kapilvast Forest

१५ न्यायाधीशविरुद्ध परमादेशको माग गर्दै सर्वोच्चमा रिट

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं – सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ ।न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्नरनगराउन माग गर्दै तीनवटा रिट आएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनु भयो ।

 

रिट दर्ता प्रक्रियामा रहेको उहाँले बताउनु भयो । स्वागत नेपाल, कृष्ण प्रसाईंलगायत अधिवक्ताहरुले लिएर गएको रिटमा न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ नहुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारी गर्न माग गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu