फर्किए प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी ओली सिंगापुरबाट स्वदेश फर्कनुभएको छ । उपचारके लागि भदौ ५ गते सिंगापुर जानुभएका प्रधानमन्त्री शुक्रबार अपरान्ह फर्कनुभएको हो ।
१२ वर्षअघि मृगौला प्रत्यारोण गर्नुभएका प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षणको लागि सिंगापुर जानुभएको हो । सिंगापुरको नेशनल हस्पिटलमा उहाँको मृगौलामा २ साता ‘प्लाज्मा फेरेसिस गरिएको छ ।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, मन्त्री र नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको छ । प्रधानमन्त्रीले विमानस्थलमा नेता तथा शुभेच्छुकहरुसँग आफू पूर्ण रुपमा स्वस्थ भएको प्रतिक्रिया दिनुभएको छ ।
प्रधानमन्त्रीलाई भेट्न सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णुपौडेल पनि उहाँसँगै फर्कनु भएको छ ।