Connect with us
Kapilvast Forest

धनुषाबाट ८ थान ड्रोन क्यामेरा बरामद

२०७८, २० कार्तिक शनिबारमा प्रकाशित

 

जनकपुरधाम – सशस्त्र प्रहरीले धनुषाबाट ८ थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ। धनुषाको मुखियापट्टी मुसरनीयाबाट शुक्रबार साँझ ८ थान ड्रोन क्यामेरा र एक मोटरसाइकल नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको क्वार्ड टोलीले ड्रोन क्यामेरा र एक मोटरसाइकल नियन्त्रणमा लिएको हो।

बरामद ड्रोन क्यामेरा र ज९प १३५ नम्बरको एक मोटरसाइकल नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

महिनौंदेखि यस नाकाहरुबाट चोरी निकासी पैठारी हुने गरेको सूचना प्राप्त भए पनि पहिलोपटक यति मात्रामा मात्र ड्रोन क्यामेरा नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, धनुषाको राघोपुर, बहेडाबेला, मुखियापट्टी मुसरनीयाघाट लगायतका चोर नाकाबाट दैनिक ४०–५० लाख रुपैया बराबरको चाइनिज इलेक्ट्रोनिक्स सर–समान भारत तर्फ चोरी निकासी हुने गरेको सशस्त्र प्रहरी स्रोतको दाबी छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu