Connect with us
Kapilvast Forest

एमसीसी परियोजना फिर्ता लैजाऊ :वामदेव

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं- पूर्वमन्त्री एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकालाई एमसिसी परियोजना फिर्ता लैजान आग्रह गर्नु भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको बताउनु भएको छ ।

 

यो सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको देखिन्छ,’ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छ । उपरोक्त अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ ।’

अहिलेको सरकार र संसद दुवैले एमसीसी अनुमोदन गर्न नसक्ने पनि गौतमको भनाइ छ । ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद्रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,’ उहाँले भन्नु भएको छ , ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

‘यो अवस्थालाई मध्यनजर गर्दै एकपक्षीयरूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु,’ उनको आग्रह छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu