Connect with us
Kapilvast Forest

पेट्र‍ोल, डिजेल र ग्यासको मूल्य फेरी बढ्यो , ग्यास १५ सय ७५ रुपैयाँ पुग्यो

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पछिल्ल‍ो १० दिनको अवधिमा आयल निगमले इन्धनको मूल्य दुई पटक बढाएको हो । १० दिनमा निगमले खाना पकाउने एलपी ग्यासको मूल्य १ सय २५ रुपैयाँ बढाएको छ ।

कात्तिक १४ गतेसम्म १४ सय ५० रहेको ग्यासको मूल्य १५ कात्तिकमा बढेर १५ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, बुधबार रातिदेखि लागू हुने गरी थप ७५ रुपैयाँ बढाएर आयल निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ पुराएको छ।

यस्तै पेट्र‍ोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ३ रुपैयाँ बढेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu