Connect with us
Kapilvast Forest

श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका पति, छोरा-छोरी सबैको दुर्घटनामा मृत्यु

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

एजेन्सी – बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका पाँच जना नातेदारहरुको सडक दुर्घटनामा मृत्यु भएको छ। भारतको बिहार राज्यको लखीसरायमा सुमोलाई ट्रकले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुर्घटनामा ६ जनाको मृत्यु भएको र ४ जना गभ्मीर घाइते भएको बताइएको छ। एजेन्सीहरुका अनुसार उनीहरु दाहसंस्कारबाट फर्किरहेका थिए। घाइतेहरुको स्थानीय सदर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम संस्कार गरेर फर्किँदा दुर्घटना भएको थियो। जसमा लालजित सिंह, उनका छोरा अमित शेखर उर्फ नेमानी सिंह, रामचन्द्र सिंह र छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृत्यु भएको हो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu