Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पनि मनाईयो कर दिवश ,बढि कर बुझाउने करदाता सम्मानित

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा दशौं राष्ट्रिय कर दिवस २०७८ मनाइएको छ । “स्वेच्छिक कर सहभागीता अभिवृद्धि स् सुशासन, विकास र समृद्धि” भन्ने नाराका साथ तौलिहवामा कर दिवस मनाइएको हो । आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुले कर दिवसका अवसरमा सवैभन्दा बढि कर बुझाउने करदातालाई सम्मान गरेको छ । कार्यालयले आ।ब। २०७७।०७८ मा सवैभन्दा बढि कर बुझाउने सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वाणगंगा र श्रीजय श्री श्याम टे«डिङ्ग कन्र्सन कृष्णनगरलाई सम्मान गरेको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख दिनेश पाण्डेले कार्यालयले सेवा संगसंगै करदाता शिक्षा नियमित रुपमा संचालन गरेको बताउनुभयो ।

उहाँले  करछली गर्नेलाई छानविन गर्ने, शिल गर्ने र कार्वाही गर्ने बताउनुभयो । उहाँले सवै व्यवसायीले कानुनबारे जानकारी राख्नुपर्ने कर्तब्य भएकाले करछली गर्ने व्यवसायीले ठुलो मूल्य चुकाउनुपर्ने भएकाले सत्य र तथ्य विवरण बुझाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले करदातालाई कर शिक्षा आवश्यकता भएको औल्याउनुभयो । उहाँले अवैध कारोवारलाई निरुत्साहित गर्न सूचना दिनुपर्ने साथै उद्योगी व्यवसायीलाई सही कारोबार, सही व्यवसाय र सही विवरण राख्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेद अली मियाँ, कपिलवस्तु चेम्बर अफ कमर्शका अध्यक्ष महादेव पोखरेल, सम्मानित करदाता सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण बेल्वासेले उद्योगी व्यवसायीका कर सम्बन्धी विविध समस्या समाधान गर्न कर शिक्षा आवश्यकता भएको र कार्यालयसंगको नियमित सहकार्यले सहयोग पुग्ने बताएका थिए ।

सोही अवसरमा आन्तरिक राजश्व कार्यालयले २ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । कार्य सम्पादन प्रभावकारी भएको भन्दै कार्यालयका हिरालाल चौधरी र दिनेश खनाललाई प्रमाणपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu