एमाले बाणगंगा नगर कमिटिको पहिलो पूर्ण बैठक सम्पन्न
कपिलवस्तु -नेपाल कम्युनिष्ट पार्टी एमाले बाणगंगा नगर कमिटिको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । नगर कमिटिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले नगरकमिटिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको कार्यबिभाजन गर्नुका साथै बिभिन्न फाटहरुका लागि प्रमुख उपप्रमुख समेत तोकेको छ ।
जसअनुसार स्थानिय निकाय बिभाग प्रमुखमा युवराज पोख्रेल, स्कुल बिभाग प्रमुखमा मुक्त बहादुर कार्की, संगठन बिभाग प्रमुखमा बिष्णु गिरी ,आर्थिक बिभाग प्रमुखमा चेतनारायण भण्डारी रहनुभएको छ । अन्य बिभागकोहरुको जिम्मेवारी पनि तोकिएको छ ।
यस्तै बैठकले एमालेको दशौ राष्ट्रिय महाधिबेशनलाई लक्षित गरि यहि मसिर ३ र ४ गते बाणगंगाका सबै वडाहरुको वडा कमिटिको बैठक आयोजना गर्ने भएको छ । महाधिबेशनका लागि बाणगंगा नगरबाट मात्र ५ हजार १ सय बढि जनसहभागीता गराउने निर्णय गरेको छ । त्यसको लागि वडास्तरमा योजना बनाईने छ ।
बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेशका सहईन्चार्ज गिरधारिलाल न्यौपाने , जिल्ला ईन्चार्ज एवम राष्ट्रिय सभा सदस्य बिमला घिमिरे , जिल्ला अध्यक्ष झबिलाल पोख्रेल ,प्रदेश सदस्य डम्मर शर्मा ,सांसद बिष्णु पन्थी , जिल्ला उपाध्यक्ष बाबुराम खनाल ,जिल्ला उपसचिव बिश्राम थारु , जिल्ला सदस्य बिश्व कार्की लगाएतको आतिथ्यता रहेको थियो ।
बैठकमा बोल्दै अतिथिहिरुले एमालेप्रति पछिल्लो समय धेरै नागरिकहरुको आकषर्ण बढ्दो रहेको बताउनुभयो । पार्टीलाई थप बलियो बनाउदै पार्टी प्रबेशको जनलहरलाई अझ तिब्रता साथ अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । आगामी निर्वाचनमा पार्टीलाई एकढिक्का सबैतहमा बनाई बिजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले बाणगंगा नगर कमिटिका उपाध्यक्ष मुक्त कार्कीको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन सचिव बिष्णु गिरीले गर्नुभएको थियो ।