Connect with us
Kapilvast Forest

दशैंको टीका लगाउने साइत : १० बजेर ३५ मिनेट

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं ।यस वर्षको दशैंको टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले दशैं घटनास्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले विजयी दशमीको दिन देवी विसर्जन गर्ने साइत भने २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिनुभयो ।

यस वर्ष असोज १२ गते आइतबारदेखि नवरात्र शुरु हुने छ । नवरात्रको पहिलो दिन घटनास्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।

घटस्थापनाको दोस्रो दिन असोज १३ गते नेपाली सेनाको झण्डा फेर्ने साइत तोकिएको छ । अध्यक्ष गौतमका अनुसार सेनाको झण्डा फेर्ने साइन बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा फेर्दा उत्तम हुने गौतमले बताउनुभयो ।

यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेटको लागि तय गरिएको छ ।

१९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu