Connect with us
Kapilvast Forest

काँग्रेस जिल्ला सभापतिमा कलामको उम्मेदवारी

२०७८, १० मंसिर शुक्रबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांगे्रसको आसन्न चौधौं महाधिवेशनमा नेता तथा कार्यकर्ता अधिवेशन होमिएका छन् ।

नेपाली कांग्रेसको वडा नगर, हुदै क्षेत्रिय अधिवेशन सम्पन्न भएका छन् । अव हुने जिल्ला अधिवेशनका लागी अझै माहोल तातिएको छ । यही मंसिर १२ गते हुने जिल्ला अधिवेशनमा सभापती पदमा कांग्रेस जिल्ला उपसभापति तथा महाराजगंग नगरपालिका मेयर अब्दुल कलामले उम्मेद्धारी घोषणा गर्नु भएको छ ।

जिल्लामै बलियो उम्मेद्धारका रुपमा रहनुभएका कलाम बर्तमान सभापतिका रुपमा रहनुभएका सुरेन्द्रराज आर्चाय निकट अर्थात रामचन्द्र पौडेल प्यानलका रुपमा परिचित रहनुभएको छ ।

यता उपसभापतिमा कांग्रेस नेता हुमाकान्त खनालले उम्मेद्धारी दिने बताउनु भएको छ । खनाल पश्चिम क्षेत्रमा कांग्रेसको दिग्गज नेताका रुपमा आफ्नो छवि बनाउन सफल हुनु भएको छ ।

त्यस्तै जिल्ला सदस्यमा खस आर्य तर्फवाट ईश्वरी पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको हो । मधेशीबाट विशाल गुप्ता खुल्लाबाट केशव पाण्डे,पुजारी चौधरी, महिलाबाट लक्ष्मी चौधरी र दलित महिलाबाट मसुरा नेपालीले जिल्ला सदस्यमा उम्मेद्धारी घोषणा गर्नुभएको छ ।