विनोद पौडेलले रबरसिटी फिल्म बनाउँदै ’अमेरिकामा सुटिङ हुने
काठमाडौँ- ‘बुलबुल’ निर्देशक विनोद पौडेलले दोस्रो फिल्मको घोषणा गर्नु भएको छ । ‘बुलबुल’ बा निर्देशनमा डेब्यु गरेका विनोदले दोस्रो फिल्मको नाम ‘रबर सिटी’ जुराउनु भएको छ । बुधबार उहाँले पोस्टर जारी गर्दै प्रारम्भिक जानकारी दिनु भएको हो । अमेरिकामा सुटिङ हुने यो फिल्ममा अहिलेसम्म कलाकारको रुपमा विक्रमकुमार शर्मा र राधा लम्साल तय भइसक्नु भएको छ । दुवै अभिनेत्री अरुणिमा लम्सालका बाबु आमा हुनुन्छ ।
त्योबाहेक विनोदकै लेखन रहेको फिल्म ‘साँघुरो’ फेम अभिनेता सुशांक मैनाली फिल्मको मुख्य भूमिकामा देखिनेछन् । बाँकी कलाकार टुंगो गर्न बाँकी रहेको निर्माता अबिरल थापाले बताउनु भयो । फिल्मलाई अंकित पौडेलले खिच्नुहुने छ जो अस्कर कलेजमा विनोदकै विद्यार्थी समेत हो ।
तर अंकित हाल अध्ययनको सिलसिलामा अमेरिकामा हुनुन्छ । उहाँले बनाएको फिल्म सङ अफ क्लाउड्सु सन्डान्स फिल्म फेस्टिभलमा छानिएको थियो । अंकितले अमेरिकाको विस्किन्सनस्थित युनिभर्सिटीबाट सिनेमाटिक आर्टस्मा मास्टर्स गर्नु भएको छ ।
निर्देशक विनोद पौडेलले ‘एक्रोन इन्टरनेसनल’को रुपमा यो फिल्मको का सुरु गर्नु भएको थियो । एक्रोनलाई अमेरिकनले रबर सिटीको रुपमा पनि बोलाउने गरेका छन् । निर्देशक पौडेलले फिल्मका चरित्रको आयातन र सहरको पुरानो चिनारी मिल्दोजुल्दो भएकाले यो नाम जुराएको बताउनु भयो ।
‘एक्रोनको पुरानो नाम रबर सिटी रहेछ । यहाँ प्रशस्त रबर फ्याक्ट्री रहेकाले अमेरिकनले यो नाम दिएका रहेछन् । नेपालबाट आएका भुटनिज शरणार्थीले यो सहरलाई नयाँ जीवन दिएको अमेरिकनबाटै सुनेँ’ पौडेलले भन्नु भयो ‘मेरो फिल्मको कथा पनि भुटनिजमा आधारित रहेकाले यो नाम उपयुक्त लाग्यो ।’
निर्माता अबिरल थापाले आउँदो वर्षको मार्चमा सुटिङ गर्ने गरी तयारी भइरहेको जानकारी गराउनु भएको छ । यसको बाँकी तयारीका लागि अबिरल आफैँ फ्रेब्रुअरीमा अमेरिका प्रस्थान गर्नेछन् । फिल्ममा अबिरलबाहेक किर्तना बाँस्कोटा, यतिन परखानी, भक्त रिजाल र राजु पौडेल निर्माताको रुपमा रहनुहुने छ ।
फिल्मलाई अवेकन प्रडक्सन र बाँस्कोटा प्रडक्सनले संयुक्त रुपमा निर्माण गर्नुहुने छ । फिल्मको पटकथा विनोद स्वयंले लेख्न्ु भएको हो । फिल्मको अनुमानित बजेट ५ लाख अमेरिकी डलर रहेको छ जुन नेपालीमा रुपान्तरण गर्दा साढे ६ करोड हाराहारी हुन आउँछ ।