Connect with us
Kapilvast Forest

राप्रपाको उम्मेदवारी दर्ता

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडाै‌ं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ।निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताको समय विहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म तोकिएको छ।

उम्मेदवारी दर्ताका लागि नेताहरु लामवद्ध छन्। अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराइसकेका छन्। कमल थापा पनि मनोनयन दर्ता गराउन पुगेका छन्।

अध्यक्षमा उम्मेदवारी दर्ता गराउन एक लाख रुपैयाँ दस्तुर तोकिएको छ। उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्री पदका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ दस्तुर तोकिएको छ।

नयाँ नेतृत्वका लागि भोली शनिबार बिहानदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu