Connect with us
Kapilvast Forest

शिवराज -३ मा प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता सुरु

२०७८, १८ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका-३ मा प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

शिवराज नगरपालिका-३ को आयोजनामा भएको खेलकुद प्रतियोगिताको नगरप्रमुख नेत्रराज अधिकारीले उद्घाटन गर्नु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले शिवराज नगरभरिका खेलाडीको संरक्षण संम्बद्र्धनका लागि विगतका वर्षमा नगर स्तिरीय मात्रै खेल भए पनि यो वर्ष देखि वडा स्तरमा पनि खेल प्रतियोगिताको सुरु भएको जानकारी दिनुभयो ।

फुटबल‚ भलिबल‚ क्रिकेट‚ र कराँते‚ खेलको प्रतियोगिता हुने शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु आगामी पुस १ गते देखि सूरु हुने शिवराज नगरस्तरीय खेलकुद महोत्सवमा समेत सहभागीतता जनाउने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

प्रतियोगिताले वडा न -३ को पहिचान र खेल क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ । प्रतियोगितामा १ सय बढि खेलाडिहरुले सहभागीता जनाएका छन ।