राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
काठमाडौं-राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनु भएको छ ।आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित हुनु भएको हो । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याउनु भएको छ ।
अध्यक्षका अर्का उम्मेदवार जम्मा एक हजार छ सय १७ मत ल्याउनु भएको थियो । चार सय १३ मत बदर भएको थियो।लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिनु भएको थियो ।
अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताउनु भएको छ । आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिनु भएको छ
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भन्नु भएको छ ।