कांग्रेसको संस्थापनइतरले साँझ उम्मेदवार घोषणा गर्ने
काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि शुक्रबार साँझ आधिकारिक उम्मेदवार घोषणा गर्ने भएको छ ।महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतरको बैठक बसेर उम्मेदवार तय गर्ने निर्णयमा नेताहरू सहमत भएका छन् ।
कांग्रेस नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटार पुगेर पौडललाई महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन सहमत गराएका छन् ।शुक्रबार साँझसम्म साझा उमेदवार तय गर्ने नेताहरूले प्रतिबद्धता जनाएपछि पौडेल उद्घाटनसत्रमा सहभागी हुन तयार हुनुभएको हो ।
उहाँसँग छलफल गर्न महेश आचार्य, बलबहादुर केसी, अर्जुननरसिंह केसी, गगन थापा, रामशरण महत पौडेल निवास पुगेका थिए ।
नेता पौडेलले वक्तव्य जारी गरेर महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने तयारी गरेपछि संस्थापनइतरका नेताहरू पौडेल निवास बोहोराटार पुगेका थिए ।