Connect with us
Kapilvast Forest

मलाई जिताइदिनुहोस्, स्थानीयदेखि राष्ट्रिय सरकार काँग्रेसको बन्छ’ 

२०७८, २४ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौं- नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई फेरि एक पटक जिताए स्थानीयदेखि राष्ट्रिय सरकार काँग्रेसको नेतृत्वमा बन्ने दाबी गर्नुभएको छ ।

शुक्रबार पार्टीको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले यस्तो दाबी गर्नुभएको हो ।

अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै उहाँले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभएको हो । ‘काँग्रेसको सरकार रहिरहयो भने स्थानीय सरकार काँग्रेसको हुनेछ, काँग्रेसको सरकार रहिरहयो भने राष्ट्रिय सरकार काँग्रेसको हुनेछ’, सभापति देउवाले भन्नुभयो, ‘त्यसका लागि मलाई एक पटक जिताइदिनुहोस् ।’

सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि जनताले मुक्ती पाएको दाबीसमेत गर्नुभएको छ । ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ती पाए’, उहाँले भन्नुभयो ।

सभापति देउवाले फेरि तानाशाही सरकार नआओस् भन्ने कुराको फैसला काँग्रेसको १४ औँ महाधिवेशनले गर्ने उल्लेख गर्दै महाधिवेशनमा देखिएको आकर्षण र उत्साहले आफूलाई थप जिम्मेवारी बोध भएकोसमेत बताउनुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu