Connect with us
Kapilvast Forest

कृष्णनगरवासी भन्छन् अब डुबान नहोस्, पालिका भन्छ डुबान समस्या समाधान गर्दैछौ

२०७८, २ पुष शुक्रबारमा प्रकाशित

गत साउन र भदौ महिनामा आएको अविरल बर्षाले डुबान भएको कृष्णनगर बजार क्षेत्र ।।। तस्बिर- न्युज सेन्टर नेपाल

न्युज सेन्टर नेपाल- कपिलवस्तु, कुनै समय विकास र ब्यवस्थित नमुनाको रुपमा परिचित कपिलवस्तुको कृष्णनगर क्षेत्र अहिले कुरुप भएको छ । पानीको निकास र सरसफाइमा ध्यान नदिदा कुरुप बन्दै गएको हो ।

हरेक बर्षा बर्सातको समयमा पानी निकास नहुदा कृष्णनगर बजार क्षेत्रमा समस्या हुँदै आएको छ । कृष्णनगरकै संघिय सांसद र प्रदेश सांसद भएपनी विकासमा ध्यान नदिदा कृष्णनगर पछि परेको स्थानीयले बताउदै आएका छन् ।
कृष्णनगर बजार क्षेत्रमा अहिले ढल निकास सबैभन्दा ठूलो समस्या बनेको छ । अहिले सडकको समयमा सहजै आवतजावत गर्न सकिने भएपनी बर्षायममा जानै नसकिन अवस्था सृजना हुने गरेको स्थानीय नवीन कनोडियाले बताउनु भयो ।

स्थानीय सरकारले बजार क्षेत्रको विकासमा ध्यान नदिएको स्थानीय अकरम पठानले बताउनु भयो । पालिकासगँ पटक पटक ढल तथा नालीको निर्माण गर्न आग्रह गरेपनी सुनुवाइ नभएको पठानले बताउनु भयो ।

पानी परेको समयमा हाम्रो घरमै पानी पस्छ, ढल तथा नाली बनाउने कार्य कतैबाट नभएको स्थानीय शान्ती गुप्ताले दुखेसो पोख्नु भयो । ढल निकास नहुदा कृष्णनगरबासी सबैभन्दा बढी पीडा हुने गरेको छ ।
पालिकाको भनाई
कृष्णनगर नगरपालिकाको दुबान समस्या अब हटने भएको छ । बर्षायममा बजार क्षेत्र डुबान हुदा नागरिकलाई आवतजावतमा समस्या हुने भएकोले अब डुबान नहुने कृष्णनगर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले १ करोड ५० लाखको लागतमा बजार क्षेत्रको पानी निकासका लागि नाली तथा ढल निर्माण कार्यको थालानी गरेको नगरपालिकाका कर्मचारी शाकिर शाहले बताउनु भयो ।

कृष्णनगरको पुरानो हल देखि लिन्क रोडसम्म ढल निकास, स्वर्गीय पुर्वमन्त्री मिर्जा दिलशाद बेगको घरदेखि महेन्द्र पार्कसम्म नाला सहित सडक निर्माणकार्यको लागि टेन्डर भैसकेको नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकार मताहात गल्लामन्डी बजार,नगरपालिका रोड, नाइमिया मस्जिद देखि सिमानासम्म ढल सहित सडकको लागि टेन्डर भैसकेको कृष्णनगर नगरपालिकाका शाकिर शाहले बताउनु भयो । कृष्णनगरको बैक रोडमा निर्माण कार्य जारी रहेको छ ।
पालिकाले केही महिना भित्रै निर्माण सकिने तवरले काम गरिरहेको जनाएको छ ।