अपाङ्गता अभिमुखिकरण तथा पुर्नस्थापना सेवा वितरण कार्यक्रम सम्पन्न
अंशु ढकाल , कपिलवस्तु – अपाङ्गता भएका व्यक्तिहरुलाई दया माया होइन अधिकार सहितको अवसरको खाँचो छ भन्ने मुल नाराका साथ अपाङगता अभिमुखिकरण तथा पुर्नस्थापना सेवा वितरण कार्यक्रम आज सम्पन्न भएको छ।
लुम्बिनी अपाङगता विकास केन्द्रको आयोजना र मायादेवी गाउँपालिका वडा नं. ३ को सहयोगमा उक्त कार्यक्रम जनता आधारभुत विद्यालय फुलिकामा सम्पन भएको हो।
उक्त कार्यक्रमका प्रमुख अतिथि मायादेवी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सुकदेब तिवारीले अपाङ्गता भएको नागरिकको हकहितको लागी यो टिमले निरन्तर काम गर्ने विश्वास व्यक्त गर्नु भएको छ। त्यस्तै वडाध्यक्ष तिवारीले आगामी कार्यकाल दोहोरीएमा अपाङगता क्षेत्रका लागी बजेट बिनियोजित गर्ने उल्लेख गर्नु भयो।
उहाँले परिचय पत्र बनाउनको लागि पनि पहल गर्ने बताउनु भयो। कार्यक्रममा अपाङगता भएका व्यक्तिलाइ हिड्डुलमा सहजता ल्याउन ३ जनालाई बैसाखी, २ जनालाई स्केच छडि र ४ जनालाई शौक्षिक समाग्री प्रदान गरिएको लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले जानकारी दिनु भएको छ।
कार्यक्रममा लुम्बिनी अपाङगता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसीयको अध्यक्षता, वडा नं ३ का वडाध्यक्ष सुकदेब तिवारीको प्रमुख आतिथ्यता रहेको थियो। राष्ट्रिय अपाङग महसंघ नेपालका निवर्तमान बरिष्ठ उपाध्यक्ष देबी बहादुर पोखरेलको सहजीकरणमा भएको कार्यक्रममा केन्द्रका सचिव शिवानन्द बर्माको स्वागत र उपाध्यक्ष सुचिता श्रीवास्तवको संचालनमा सम्पन्न भएको थियो।