Connect with us
Kapilvast Forest

अमेरिकामा नयाँ वर्षको पार्टीमा गोली चल्यो, ३ जनाको मृत्यु

२०७८, १८ पुष आईतवारमा प्रकाशित

goli

 

एजेन्सी-अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाइते भएका छन् ।

 

पार्टीमा धेरै मानिसहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकाण्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदिरा र लागू औषधिको सेवनपछि विवाद हुँदा गोली चलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।प्रहरीका अनुसार आक्रमणका एक घाइतेको अवस्था गम्भीर छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu