कोरोना खोप गोलमालमा सरकार किन चुप, नैतिकता कहाँ हरायो :रावल
काठमाडौं- नेकपा एमाले नेता डा। भीम रावलले विभिन्न मुलुकबाट नेपाल भित्रिएको करिब २४ लाख बुस्टर डोज खोप गायब हुँदा सरकार किन चुप लागेको भन्दै आपत्ती जनाउनु भएको छ ।
देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको समयमा २४ लाख खोप गायब हुँदा सो विषयमा छानबीन गर्न सरकार किन तयार हुँदैन भन्दै नेता रावलले प्रश्न समेत गर्नु भएको छ ।
नेता रावलले खोप गायब भएको कुरा स्वास्थ्य मन्त्रालयका अधिकारीले नै सार्वजनिक गर्दा पनि सरकार चुप लाग्नु गैरजिम्मेवारीपन भएको बताउनु भएको छ। उहाँले सामाजिक संजालमा लेखेका छन्,ु देशमा कोरोना विषाणुको संक्रमण बढिरहेको बेला २४ लाख खोप गायब भएको कुरा स्वास्थ्य मन्त्रालयका अधिकारील नै सार्वजनिक गर्नु भएको छ । यस्तो गम्भीर विषयमा छानबीन गर्न सरकार किन तयार हुँदैनरु कानुन, जिम्मेवारी र नैतिककता कहाँ हरायोयसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब २४ लाख डोज खोप गायब भएको सार्वजनिक गरेको थियो।