Connect with us
Kapilvast Forest

सूर्यविनायक नगरपालिकाका कर्मचारीलाई कोरोना भएपछि सेवा प्रभावित

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

भक्तपुर-सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस संक्रमण भएपछि सेवा प्रभावित बनेको छ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखसहितलाई कोरोना संक्रमण भएपछि कार्यालयले नियमित रूपमा दिँदै आएको सेवा प्रभावित भएको हो।

नगरपालिका कार्यालय मात्रै नभई विभिन्न वडाका वडाध्यक्षसहित कर्मचारीलाई कोरोना भएपछि केही वडा कार्यालयसमेत बन्द भएका छन्।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंसहितका कर्मचारी, शिक्षा शाखाका सबै कर्मचारी, नक्सा शाखाका सबै कर्मचारी, योजना शाखाका सबै कर्मचारी र नगर प्रहरी नौ जनामा कोरोना संक्रमण भएको नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए।

संक्रमित कर्मचारी होम आइसोलेसनमा छन्। कार्यालय खुला नै रहेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिए।कोरोना भएपछि कर्मचारी होम आइसोलेसनमा छन्, अत्यावश्यकबाहेक अरू सेवा दिन सकिएको छैन’, उनले भने।नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीको संख्या ह्वात्तै घटेको छ।

सूर्यविनायक नगरपालिका-१ का वडाध्यक्ष सानुकाजी कायस्थसहित कर्मचारीलाई संक्रमण भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

कर्मचारीलाई संक्रमण देखिएपछि केही समयका लागि आलोपालो प्रणालीमा सेवा सञ्चालन गर्नेबारे छलफल भएको उनले बताए।मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा पनि अत्यावश्यक बाहेकका सेवा प्रभावित भएका छन्।

मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ।जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा एक हजार १०० पुरूष र ९५१ महिला सक्रिय कोरोना संक्रमित छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu