Connect with us
Kapilvast Forest

नगरप्रमुखलाई निवेदन दिएको १८ दिन वित्यो तर कुनै पहल भएन

२०७८, २२ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० का अध्यक्ष मन्जु मिश्राले नागरिकको काम नगर्दा नागरिकले सस्ती खेप्नु परेको छ । वडाले स्थानिय रउफ धोविको चौकील्लाको सिफारिस नदिए पछि उनले सास्ती भोग्नु परेको छ ।

पौष २५ गते चौकिल्ला सिफारिसका लागि निवेदन दिएका धोविले हाल सम्म पनि वडाबाट सिफारिस पाएका छैनन । धोविले सिफारिस नपाएको विषय विभिन्न संचार माध्यममा समाचार बन्यो, अधिकारकर्मि, राजनितिक दलले विज्ञप्ती समेत निकाले तर वडा अध्यक्षले आफ्नो इगोका कारण अझै सिफारिस दिएकी छैनन ।

धोविले अध्यक्ष निकटका व्यक्तिहरुलाई मुद्धा दिएको भन्दै सोहि मुद्धा फिर्ता नलिए सम्म सिफारिस नदिने वडा अध्यक्ष अडान लिएकी छिन ।

वडा कार्यालयबाट सिफारिस नपाए पछि धोवि न्याय र सिफारिस माग गर्दै नगरपालिका सम्म धाए । रउफले माघ ४ नगर प्रमुख नेत्रराज अधिकारी समक्ष लिखित निवेदन समेत दिए । रउफ निवेदन दिएको आज १८ दिन वित्यो तर मेयरले कुनै प्रक्रिया अघी बढाएनन ।

वडा कार्यालयबाट सिफारिस नपाए पछि धोवि न्याय र सिफारिस माग गर्दै नगरपालिका सम्म धाए । नगर प्रमुख नेत्रराज अधिकारीलाई वडाले सिफारिस नदिएको जानकारी गराए तर उनको समस्या समाधानका लागि नगर प्रमुख अधिकारीले समेत कुनै पहल गरेनन ।

वडाको अधिकार भित्र रहेको सिफारिसको लागि नगरले केही गर्न नसक्ने भन्दै उम्कीए । मेयर अधिकारीको कुरा वडा अध्यक्ष मिश्राले नमानेको बताए ।

विभिन्न सामाजिक संघ सस्थ , राजनैतिक दल ,अधिकारकर्मि र पत्रकार लगायतले वडाले सिफारिस नदिएको विषयमा विभिन्न माध्यमबाट ध्यान आर्कषण भएको जनाए पनि नगरपालिकाले भने सो विषयमा चुइक्क सम्म बोलेको छैन । सिफारिस नदिनुको लिखित कारण पनि माग गरेको छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu