Connect with us
Kapilvast Forest

स्थानीय चुनावको घोषणा संविधानविपरीत : महासचिव भुसाल

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

काठमाडौं –सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले बैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारको निर्णय संविधानविपरीत भएको दाबी गरेको छ। थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै पार्टीका महासचिव डा। बेदुराम भुसालले चुनाव घोषणा गर्दा संविधान मिचिएको बताउनु भएको छ ।

स्थानीय चुनावका सन्दर्भमा संविधान र कानुन बाझिएको भन्दै उनले संविधान अनुकूल कानुन संशोधन गर्न आफूहरुले दिएको सुझावको सुनुवाइ नभएको पनि बताउनु भयो । भुसालले यस विषयमा अदालतमा मुद्दा पर्न सक्ने संकेत गर्दै मिति घोषणा भए पनि चुनाव हुने वा नहुने अन्यौल कायमै रहको टिप्पणी गर्नु भयो ।

२०७४ मा तीन चरणमा चुनाव भएकाले बैशाख ३० मा चुनाव गर्दा कतिपय जनप्रतिनिधिको कार्यकाल संविधानबमोजिम पाँच वर्ष नपुग्ने महासचिव भुसालले जिकिर गर्नु भयो ।

‘बैशाख ३१ गते चुनावबाट निर्वाचित जनप्रतिनिधिको हकमा कार्यकाल पूरा भए पनि असार १४ र असोज २ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पूरा हुँदैन,’ भुसालले भन्नु भयो ‘मेरो संवैधानिक हक मिचियो भनेर जो कोही प्रतिनिधिपनि अदालत जान सक्ने अवस्था छ।’

महासचिव भुसालले आफूहरु चुनावमा जान नडराएको तर संविधानका प्रावधान मिचेर बनाइएको कानुनमा टेकेर अघि बढ्नु गलत हुने जिकिर गर्नु भयो ।

‘चुनाव हारौंला जितौंला भन्ने कुरा होइन। लोकतान्त्रिक प्रणालीलाई कसरी बलियो बनाउने भन्ने कुरा हो। यत्रो मिहेनत गरेर संविधान बनाउने अनि त्यसका प्रावधान मिचेर कानुन बनाउने र संविधानभन्दा कानुन ठूलो बनाएर जाने कुरा गलत हो‚’ उहाँले भन्नु भयो , ‘चुनाव घोषणा भएको छ। चुनावमा जान्छौं तर गलत कुरा हो भनेर भनिरहन्छौं। किनभने संविधान बचाउनकै लागि हामीले विद्रोह गरेका छौं।’

महासचिव भुसालले एमसिसीका विषयमा गठबन्धनमा रहेका दलबीच मतभेद रहेको भन्दै कसरी जाने भन्ने विषयमा छलफलकै क्रममा रहेको समेत बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu