रौतहटमा गहुँबारीमा महिलाको शव भेटियो
रौतहट -रौतहटमा एक महिलाको शव गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको शव फेला परेको हो ।
ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनु भयो । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको उहाँको भनाइ छ ।
प्रहरीका अनुसार उहाँको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उहाँमाइतीमै बस्दै आउनु भएको थियो । ‘उहाँका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी रहीछन्’ प्रहरी उपरिक्षक घिमिरेले भन्नु भयो , ‘शवलाई पोष्टमार्टम पछि हत्याको बारेमा थप कुरा खुल्ने छ ।’