Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

राष्ट्रपति भण्डारीका तर्फबाट उहाँका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्य संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको हो।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो। केही दिनअघि स्वास्थ्यमा उपचारार्थ भर्ना हुनुभएका जोशीको हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका भतिज अजर जोशीले जानकारी दिनुभयो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu