बाँकेमा खाल्डोमा डुबेर बालिकाको मृत्यु
बुटवल-बाँकेमा खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ ।जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया सबिना साहको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।