Connect with us
Kapilvast Forest

कपिलवस्तुको जहदीमा स्वास्थ्य चौकीको भवन उद्घाटन

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

 

तौलिहवा- कपिलवस्तु नगरपालिका—११ रेहरास्थित नवनिर्मित स्वास्थ्य चौकीको भवनको उद्घाटन कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले गर्नुभयाे । सो अवसरमा उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको अभियान रहेको बताउनुभयो । सम्पूर्ण नागरिकको स्वास्थ्यमा पहुँच तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि नगरपालिकाले विशेष अभियान सञ्चालन गर्दै आएको नगरप्रमुख सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो नगरभित्र रहेका खरका छाना मुक्त अभियानलाई पनि तीव्रता दिएको बताउनुभयो । नगर प्रमुख सिंहले नगरको १२ वटा वडामध्ये ९ वडामा जस्तापाता वितरण गरिसकेको र बाँकी ३ वडाका लागि जस्तापाता खरिद गर्न टेण्डर अहवान गरिसकेको बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख सिंहले भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता स्वर्गीय वासु बढईको परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । स्वर्गीय बढईको परिवारले भवन निर्माणका लागि ८ कठ्ठा २ धुर जग्गा दान दिएका थिए । स्वास्थ्य चौकी प्रांगणमा स्वर्गीय बासु बढईको सालिक पनि अनावरण गरिएको छ । त्यस्तै सोही बडाको पकडीमा खोप केन्द्रका लागि ६ धुर जग्गादान दिने निरहु पासीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गुणस्तरीय शिक्षा र मजबुत स्वास्थ्य क्षेत्रका लागि हामी अहिले पनि लागि परेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । स्वास्थ्य चौकी उद्घाटनसँगै केही दिनमै बर्थिङ सेन्टर सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

८ कठ्ठा २ धुर जमिनमा रु दुई करोड ३७ लाखको लागतामा साढे दुई तलाको भवन निर्माणा भएको कपिलवस्तु नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादवले बताउनुभयो । स्वास्थ्यक्षेत्रमा सुधारका लागि जति पहल गरे पनि सोचे अनुरूप नभएको उहाँले बताउनुभयो । वडाध्यक्ष यादवले भन्नुभयो ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सुरु देखि नै हाम्रो प्रयास रहेको थियो ।’

यसअघि सामान्य बिरामी पर्दासमेत त्यस भेगका स्थानीयले उपचारका लागि कठिनाइ भोग्दै आएका थिए । उद्घाटन कार्यक्रममा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, कपिलवस्तु नगरपालिका वडा नं. १० का वडाध्यक्ष मोहनलाल शर्मा, कार्यपालिका सदस्य, वडाभित्र रहेका विद्यालयका अध्यक्ष एवम् प्रधानाध्यापक, राजनितिक दल, स्थानीय नागरिक समाजलगायतको उपस्थिति थियो ।

कार्यक्रममा जहदी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल यादवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकीका इन्चार्ज सिद्धार्थकाजी बज्राचार्यले गर्नुभएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu