नेकपाले असाज २९ गते चियापान गर्ने
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले दशैं, तिहार, नेपाल सम्बत् र छठको अवसरमा असोज २९ गते वृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो। नेकपाको सम्पर्क समन्वय कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिएका हुन्।
पार्टी एकता अघि तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले छुट्टाछुट्टै रूपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका थिए।