Connect with us
Kapilvast Forest

मुस्लिम समुदायको उत्थानका लागि आयोग तयार: अध्यक्ष अन्सारी

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु-
नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकअधिकारका लागि आयोग तत्पर रहेको बताउनु भएको छ । राजनितिक अस्तीरताका कारण काम गर्न केही कठिनाई भएको अन्सारीले बताउनु भयो । आयोगले मुस्लिम लगायत अन्य समुदायको उत्थानको लागि सरकारसंग सहकार्य र बजेट माग गरेको बताउनु भयो ।

मंगरबार कपिलवस्तुको कृष्णनगरमा आयोजित मदरसाका बालबिालकालाई शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष अन्सारीले मदरसामा अध्ययनरत रहेका विद्यार्थीहरुको हौसला बढाउन सानो शैक्षिक समाग्री वितरण गरिएको बताउनु भयो ।

सोही कार्यक्रममा अतिथिको रुपमा आउनु भएका कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले मुस्लिम आयोगलाई जनमुखी कार्य गर्न अनुरोध गर्न भयो । शाहले आयोग सक्रीय भए मात्र मुस्लीम समुदायको विकास हुने बताउनु भयो । संसद शाहले कृष्णनगरमा रहेको जामिया इस्लामिया नईमिया अधारभूत विद्यालय (मदरसा) लाई २० लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा जनताजवादी पार्टीका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले देशको सबै उच्च पदमा मुस्लिमलाई समावेश गर्न मुस्लिम आयोग आग्रह गर्नु भयो । चिनले मुस्लिम समुदाय माथि दमन गरेको प्रति पठानले आक्रोश समेत व्यक्त गर्नु भयो । कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इस्लामिया नईमिया अधारभूत विद्यालय का १ सय जना विद्यार्थीलाई झोला तथा शैक्षिक समाग्री वितरण गरिएको छ ।

कार्यक्रममा संविधान सभा सदस्य नजिर मिंया, मुस्लिम संगठन नेपालका केन्द्रिय अध्यक्ष सेराज अहमद फारुकी, आयोगका सदस्य महमुद्दीन अली, मिर्जा अरसद बेग, कृष्णनगर नगरपालिका २ नं वडाध्यक्ष संजय गुप्ता, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां लगायत रहेको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu