त्रिदेशीय टी-ट्वान्टी क्रिकेट : नेपाल र मलेसिया भिड्दै
काठमाडौ । त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा एक बजेबाट सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ ।
अहिलेसम्म नेपाल र मलेसियाबीच चार वटा टी-ट्वान्टी र चार टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले तीन टी-ट्वान्टी र तीन टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।