Connect with us
Kapilvast Forest

बुढानिलकण्ठमा विपक्षीहरुको बैठक सकियो

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-विपक्षी दलहरको बैठक सकिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर निवास दुढानिलकण्ठमा भएको छलफलमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

छलफल पछि तत्काल बैकल्पिक सरकार गठन नगर्ने र ओली नेतृत्वको सरकारलाई प्रतिपक्षीको भुमिकामा रहेर सघाउने भएको प्रचण्ड निटक एक नेताले बताउनुभयो । करिब सवा २ घण्टा चलेको छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड कांग्रेस नेताहरु सहभागी रहनुभएको थियो ।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसालको उपस्थित रएको थियो । जसपबाट अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको बताइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu