Connect with us
Kapilvast Forest

फोरजी नेटवर्क बिस्तारलाई तिब्रता दिँदै एनसेल

२०७८, १२ जेष्ठ बुधबारमा प्रकाशित

twaber

काठमाडौं –निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्क बिस्तारमा तिब्रता दिएको देखिएको छ । कम्पनीले एक वर्षको अवधिमा नै कम्पनीले द्रूत गतिमा नेटवर्क बिस्तार गर्दै गएको देखिएको छ ।

एनसेलको मूख्य लगानीकर्ता कम्पनी आजियाटाले हालै सार्वजनिक गरेको २०२१ को पहिलो त्रैमासिकको वित्तीय बिबरणअनुसार एनसेलले आफ्नो नेटवर्क तिब्रगतिमा बिस्तार गर्दै लगेको देखिएको छ । कम्पनीले एक वर्षको अविधमा नै करिब २६९ वटा नयाँ टावरहरु थप गर्न सफल भएको देखिन्छ ।

कम्पनीको तथ्यांकअनुसार कम्पनीले २०२१ को पहिलो त्रैमासमा थ्रीजी बेस स्टेशनहरुको टावर बढाएर ३ हजार ३०६ वटा पुर्याएको छ ।अघिल्लो वर्ष सोहि अवधिमा यस्तो टावरको संख्या केबल ३ हजार २०८ वटा मात्र थियो । यसमा थ्रीजी टावरमा कम्पनीले ९८ टावर थप गरेको देखिन्छ ।

त्यसैगरि फोरजी नेटवर्कमा पनि कम्पनी थप ससक्त भएको देखिएको छ । फोरजी नेटवर्कको बेस स्टेशन टावर बिस्तार गर्दै एनसेलले यस वर्षको पहिलो त्रैमासमा ३ हजार ४६१ वटा टावर स्थापना गरेको छ ।

कम्पनीसँग अघिल्लो वर्ष सोहि अवधिमा यस्तो टावर ३ हजार २९० वटा मात्र थियो । यसको अर्थ कम्पनीले एक वर्षको अवधिमा फोरजी टावर मात्रै १७१ वटा थप गरेको छ ।हाल कम्पनीसँग कुल ६ हजार ७६७ वटा बेस स्टेशनहरु रहेको तथ्यांकमा देखिन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu