Connect with us
Kapilvast Forest

प्रदेश २ को बजेट सर्वसहमतिबाट पारित, त्रुटि सच्याउने आश्वासन

२०७८, ३० असार बुधबारमा प्रकाशित

 

जनकपुरधाम- प्रदेश २ को बजेट सर्वसम्मतिबाट पारित भएको छ। प्रक्रिया छोट्याएर मंगलबार प्रदेशसभाबाट बजेट सर्वसहमतिले पारित भएको हो।आर्थिक वर्ष २०७७–०७८ का लागि असार १ गते प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको थियो। बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार (४६.२६ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार (५३.४४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ १० करोड (०.३० प्रतिशत) छुट्याइएको छ।

असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्याएर बजेट पारित गरिएको हो।मन्त्रालयको बजेट र अबण्डा रकमबारे विपक्षी दलले विरोध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले दुई दिन सहमतिका लागि प्रयास गरेका थिए। तर आज मन्त्रालयगत छलफल नगरेरै र मन्त्रीहरूलाई जवाफको समय समेत नदिएर बजेट पारित गरिएको हो।

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समय अभाव राजनीतिक अवस्थाले बजेटमा त्रुटि र कमीकमजोरी भएको स्विकार गर्दै बजेटमा भएको त्रुटि मन्त्रिपरिषदको रेडबुक सच्याउने प्रतिबद्धता जनाएपछि बजेट पारित भएको हो।

मुख्यमन्त्री लालबाबु राउतले बजेट पुस्तिकामा रहेको अबन्डा सत्ता पक्ष र विपक्षका सांसदलाई समावेशी रूपमा पारदर्शी तवरले उपलब्ध गराउने राउतले बताए।अर्थमन्त्री विजय यादवले पनि बजेटको त्रुटि सच्याउने आश्वासन दिएका थिए।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu