Connect with us
Kapilvast Forest

शास्त्रीय नृत्यकार रञ्जितको निधन

२०७८, १६ श्रावण शनिबारमा प्रकाशित

death

 

काठमाडौं – वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ।लामो समयदेखि मिर्गौलासम्बन्धी उपचार गराइरहेका कलाकार रञ्जितको यही साउन १० गते निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो।

अरनिको कल्चरल सोसाइटी सांस्कृतिक संस्थाका संस्थापक रञ्जितले नेपालका परम्परागत शास्त्रीय नाच स्वदेश र विदेशमा समेत प्रवर्द्धन गर्न योगदान पुर्‍याएका थिए।

भारतको मुम्बईबाट शास्त्रीय नृत्य, भरत नाट्यम, कत्थकली, मनिपुरीमा विशिष्टता हासिल गरेका रञ्जितले नेपालको शास्त्रीय नृत्यको विकास र विस्तारमा झण्डै आधा शताब्दी योगदान पुर्‍याएका उनका सहकर्मी एवं वरिष्ठ पत्रकार ध्रुव थापाले बताए।गोरखा दक्षिणबाहु चौथोबाट विभूषित पाटनका बासिनदा रञ्जितका श्रीमती र दुई छोरा छन्‌।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu