Connect with us
Kapilvast Forest

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न प्रचण्डको माग

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

prachanda-

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफगानिस्तानको विकसित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुु भएको छ। उहाँले अहिले त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धार महत्वपूर्ण रहेको भन्दै सरकारलाई अविलम्ब कदम चाल्न आग्रह गर्नु भएको छ ।

‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले सामाजिक सञ्जालमा लेख्नुभएको छ,

‘यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu