निधिलाई कार्यबाहक सभापति बनाएर देउवा बेलायत प्रस्थान
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापति विमलेन्द्र निधिलाई तोक्नु भएको छ ।आगामी कात्तिक १५ र १६ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को २६औँ सम्मेलन अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा शुक्रबार बेलायत प्रस्थान गर्दा पार्टी सञ्चालनको जिम्मेवारी उपसभापति निधिलाई दिनु भएको हो ।कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा १३ बमोजिम स्वदेश नफर्कुञ्जेलसम्म निधिलाई पार्टीको कार्यबाहक सभापति तोकिएको हो ।
प्रधानमन्त्री देउवा नेतृत्वको टोली कार्यक्रम सकेर आगामी १८ गते स्वदेश फर्कने छ ।