विश्व शहर दिवस मनाइने
काठमाडौं – ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको छ ।आज काठमाडौंमा विश्व शहर दिवस २०७८ को उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले यस वर्ष नेपालमा ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रकाश शर्माले यस दिवसको मुख्य उद्देश्य विकासको प्रमुख मुद्धा शहरीकरणलाई मानेर अन्तर्राष्ट्रिय समुदायलाई आकृष्ट गर्नु र दिगो शहरी विकास हाँसिल गर्नका लागि अवसरको खोजी र शहरी समाधानको चुनौति समाधान गर्ने रहेको बताउनु भयो ।
उहाँले कार्तिक १४ गते आईतवार बबरमहलमा कार्यशाला गोष्ठी आयोजना गरिने बताउनु भयो ।विश्व शहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारण सभाद्वारा संकल्प स्थापित गरे बमोजिम पहिलो विश्व शहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो ।नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो ।