Connect with us
Kapilvast Forest

मेरो सिंहदरबार मै छिर्न पाउँदिनँ !

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

 

काठमाडौं -कोही फोनमा कसैलाई पास चाँडो पठाइदिन भनिरहेका थिए। त्यही भीडमा हतास मुद्रामा देखिए मोरङका ३८ वर्षीय सन्तोषकुमार साह। भित्र भनसुन गर्न उनको कोही रहेनछ। त्यही भएर उनी झन्डै एक घण्टा पटक—पटक दुई हात जोडेर प्रहरीलाई अनुनयविनय गरिरहेका थिए।

‘सर मलाई भित्र पस्न दिनुस्। म गरिब छु। होटललाई कहाँबाट पैसा तिर्ने ?’, साहको भनाइ थियो।तर, प्रहरीले उनको बिन्ती सुनेन। त्यसपछि साहले प्रहरी हवल्दार आनसिंह चौधरीका खुट्टै ढोगेर भने, ‘सर मलाई भित्र जान दिनुस्। यहाँ मलाई कसैले चिन्दैन। हाम्रो भगवान् भनेकै तपाईं नै हो।’

प्रहरी : मन्त्रालयले भित्रबाट पास पठाएर बोलायो भने मात्रै जान दिन्छौं।

सन्तोष : (एकछिनपछि) त्यसो भए मेरो समस्याबारे एउटा निवेदन लेखेर भित्र पठाइदिनुस्।

प्रहरी : यहाँ निवेदनसिवेदन लेखिँदैन। उत्तै बाहिर जानुस्।

साहलाई न प्रहरीले पासको व्यवस्था गरिदियो न त उनको माग सिंहदरबारभित्र बस्नेहरूसम्म नै पुर्‍याइदियो। उनकी श्रीमती सुनिता वैदेशिक रोजगारीका क्रममा बिरामी परिन्। विदेश गएको २२ महिनापछि स्वदेश फर्किएकी छन्। होटलको क्वारेन्टाइनमा बसेकी छन्। त्यहाँ दिनकै ३ हजार रुपैयाँ तिर्नुपर्छ।

‘घरबाट ६ हजार लिएर आएको थिएँ। होटललाई तिर्दै सकियो’, साहले भने, ‘गोजी खाली भयो। होटलमा राख्ने हिम्मत छैन।’

होटलवालाले ‘प्रधानमन्त्री कार्यालयमातहत रहेको सीसीएमसी’ले सिफारिस गरिदियो भने घरकै क्वारेन्टाइनमा लगेर राख्न सकिन्छ भनेपछि सिंहदरबार आएको उनले सुनाए। उनी मध्याह्न १२ बजेसम्म भोकै थिए। कसैलाई फोन गर्न उनको मोबाइलमा न ब्यालेन्स थियो न त गोजीमा नगद नै।

उनी गौशालाबाट बस चढेर सिंहदरबारको पश्चिम गेटमा ओर्लिएका थिए। प्रहरीले त्यहाँबाट भित्र पस्न दिएनन्। सर्वोच्च अदालत अगाडिको बाटो हुँदै दक्षिणी गेटमा आइपुगे। तर, उनले आफ्नो सिंहदरबार टेक्नै पाएनन्। भित्र पहुँच हुनेहरूले त सिंहदरबार प्रवेश गर्ने अनुमति सहजै पाउँछन्। सर्वसाधारण नागरिक भने निरीह भएर गेटबाटै फर्किनुपर्छ।

अन्नपूर्ण

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu