Connect with us
Kapilvast Forest

करेन्ट चाउचाउ गुणस्तरहिन भोटिएपछि खाद्य विभागको कार्वाही

२०८३, ३१ बैशाख बिहीबारमा प्रकाशित

न्युजसेन्टर नेपाल, काठमाडौं
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

‘करेन्ट’ चाउचाउ गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता लैजान कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आदेश दिएको हो ।

विभागले बजार अनुगमन र निरीक्षणका क्रममा संकलन गरिएको नमूनाको प्रयोगशाला परीक्षण गर्दा करेन्ट चाउचाउमा तोकिएको गुणस्तर मापदण्ड अनुरूप नभएको बजारबाट फिर्ताको लागि आदेश गरिएको बिभागले जनाएको छ ।

परीक्षणका क्रममा चाउचाउमा प्रयोग गरिएको ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ धेरै भएपछि बिभागले तिलोत्तमा रहेको यशोदा फूड्सलाई चाउचाउ फिर्ता लैजान निर्देशन गरेका हो ।

‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ बढी हुदाँ पेट सम्बन्धी समस्या, अपच वा वान्ता हुने देखिस्वास्थ्यमा नकारात्मक असर गर्ने स्वास्थ्यकर्मी बताउछन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम ०४ ए ब्याचका सबै उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न विभागले आदेश दिएको हो ।

यस्तै उक्त उत्पादन बिक्री वितरण नगर्न र नगराउन समेत सम्बन्धित उत्पादक तथा विक्रेताहरूलाई बिभागले निर्देशित गरेको छ । बिभागले उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै तत्कालन फिर्ता गर्न भनेको हो ।

त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि दुहबी सुनसरीद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu