Connect with us
Kapilvast Forest

एम्बुलेन्स दुर्घटना हुँदा १६ वर्षीया किशोरीको मृत्यु, ६ जना घाइते

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

ताप्लेजुङ-म्बुलेन्स दुर्घटना हुँदा ताप्लेजुङकी एक किशोरीको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा मौवाखोला २ की १६ वर्षीया हेमकला थोप्रा लिम्बूको मृत्यु भएको हो ।

बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी थोप्राको उपचारको क्रममा धरानस्थित बीपी कोइराला बिज्ञान प्रतिस्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा ७ जना सवार रहेकोमा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu