Connect with us
Kapilvast Forest

चीनमा अलपत्र छाडिएको कुकुर २५ हजार डलरमा विक्री

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

एजेन्सी-चीनमा इन्टरनेटबाट निकै चर्चित बनेको अलपत्र छोडिएको एउटा कुकुर लिलामीमा २५,००० अमेरिकी डलरमा विक्री भएको छ।उक्त कुकुरलाई सात वर्षअघि घरपालुवा जनावरलाई तालिम दिइने एक केन्द्रमा छोडिएको थियो। तर उसका मालिक कहिल्यै फर्किएनन्।

त्यसपछि बेइजिङस्थित एउटा अदालतले उक्त आठवर्षे कुकुरलाई लिलामीमा राख्न आदेश दिएको थियो।अनलाइनमार्फत् गरिएको लिलामीले व्यापक चासो उत्पन्न गराएको थियो।

सुरुमा ७८ डलर मूल्य तोकिएको दङ दङले ३२० गुनाभन्दा बढी मूल्य पायो। यो जापानी सिकारी कुकुर ‘शिबा इनु’ जातको कुकुर हो।तर ४८० जनाले किन्ने इच्छा देखाएपछि तथा लिलामी प्रक्रियाको सूचना १,६६,००० भन्दा बढी पटक हेरिएपछि उक्त प्रक्रिया पाँच घण्टा लम्ब्याइएको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu