एमाले उपाध्यक्ष पौडेलसहितको टोली चीन भ्रमणमा
काठमाडौ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीन भ्रमणका लागि गएका छन ।
पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्पराज कँडेल, मीनासिंह रखाल चीन जानु भएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जानु भएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
चीनको युनान राज्यको कुनमिङ सहरमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा नेताहरु सहभागी हुन चीन गएको हुन।
भ्रमणको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको तयारी भइरहँदा एमालेको टोली चीनतर्फ गएको हो ।
अर्को साता चिनियाँ विदेशमन्त्री यी नेपाल आउँदै छन् ।