Connect with us
Kapilvast Forest

निर्वाचन सरोस् भन्ने एमालेको भित्री चाहना छ : खनाल

२०७९, ६ बैशाख मंगलवारमा प्रकाशित

 

काँकडभिट्टा – एकीकृत समाजवादीका नेता झलनाथ खनालले सम्मानजक एकताको आधार तय नभए कुनै दलको ‘पुच्छर’ बनेर आफ्नो पार्टी स्थानीय तह चुनावमा नजाने बताएका छन् ।

 

 

झापा धुलाबारीमा मंगलबार मेचीनगर निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटनपछि खनालले पार्टीको भूमिकालाई नजरअन्दाज गरिए गठबन्धन अघि बढ्न नसक्ने चेतावनी पनि दिए । उनले भने, ‘कुनै बहानामा हामीलाई अपमान गरिए त्यो सह्य हुनेछैन ।’ खनालले ‘कुनै दलको पुच्छर बन्न एकता सम्भव नरहेको’ दोहोर्‍याए ।

 

उनले गठबन्धन पाए बाँच्ने र नपाए मरिहाल्ने अवस्थामा पार्टी नरहेको भन्दै गठबन्धन नभए एक्लै चुनावी मैदानमा ओर्लिन पनि तयार रहेको उद्घोष गरे । निर्वाचन सार्न सरकार र सिंगो गठबन्धन लागि परेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपको खण्डन गर्दै खनालले थपे, ‘निर्वाचन सरोस् भन्ने एमालेको भित्री चाहना छ, त्यही चाहना बारम्बार प्रतिबिम्बित भएको हो ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu