Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा हिजोदेखि विधुत सेवा अवरुद्ध

२०७९, ७ जेष्ठ शनिबारमा प्रकाशित

bidur

 

अर्घाखाँची- अर्घाखाँचीमा शुक्रबार साँझदेखि विधुत सेवा अवरुद्ध भएको छ।हावाहुरीसँगै आएको पानीका कारण फुदबाङ सबस्टेशनदेखि अर्घा धरमपानी सबस्टेशनसम्मको ३३ के.वि. मुख्य प्रसारण लाईन अवरुद्ध भएको हाे। सदरमुकाम सन्धिखर्कको रतहलेमा विधुतको पोलहरु ढलेर मेनलाइनको तार चुडिएकाले विधुत अवरुद्ध भएको नेपाल विधुत प्राधिकरण अर्घाखाँची वितरण शाखाले जनाएको छ।

विधुत अवरुद्धका कारण उद्योग ,कलकारखाना ,जिल्लामा संचालित रेडियो लगायत विधुतबाट संचालन हुने सबै सेवा बन्द भएका छन्। नेपाल विधुत प्राधिकरण अर्घाखाँची प्रमुख रमेश बन्जाडेका अनुसार मर्मत कार्य जारी रहेकाले सदरमुकाम सन्धिखर्कको लाइन दिउँसो १ बजे सम्ममा आउने बताउनुभएको छ।

त्यस्तै जिल्लाका धेरै ठाउँमा पोलहरू ढलेकाले त्यसको तथ्यांक संकलन गर्ने काम समेत भैरहेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu