Connect with us
Kapilvast Forest

जनताको साथमा कांग्रेस : तीन चरणको चुनावी अभियान

२०७९, ४ भाद्र शनिबारमा प्रकाशित

congress

ललितपुर- नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले बीपी कोइरालाको बीपी जन्मजयन्ती सन्दर्भ पारेर १४ दिने अभियान सञ्चालन गर्ने भएको हो ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर गाउँ केन्द्रित अभियान सञ्चालन हुन लागेको हो ।

पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुने जानकारी प्रवक्त महतले दिनुभयो ।

यसैगरी, प्रवक्ता महतले सत्तारुढ गठबन्धनबीचको सिट बाँडफाँटको टुङ्गो लगाउने काम कठिन नभएको बताउनुभयो । निर्वाचनमा परिणाम गठबन्धनको पक्षमा आउने गरी सिट बाँडफाँट गर्ने कुरालाई आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उहाँले गठबन्धनमा आवद्ध दलहरु सबै विन–विन (सबै पक्ष विजयी) हुने गरी त्यसको टुङ्गो लगाउने जानकारी दिनुभयो ।

प्रवक्ता महतले मतदातालाई स्वभाविक लाग्ने गरी सिटमा दाबी गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गर्नुभयो । त्यसो हुन नसके चुनावमा गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्ने उहाँको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu