कर्णालीमै अब मिर्गौला प्रत्यारोपण सेवा
सुर्खेत- प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नेभएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा शनिबारदेखि सुरु गर्ने जानकारी गर्नु भएको हो ।
प्रदेश अस्पताल सर्खेतका प्रमुख डाक्टर डम्बर खड्काले कर्णालीका नागरिकलाई प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा दिन अस्पतालले आवश्यक तयारी पूरा गरेको बताउनुभयो । निर्देशक डा. खड्काले मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने कार्य सम्पन्न भइसकेको समेत बताए।
यस्तै, तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, प्रदेश अस्पताललाई पाँच सय शैय्याको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना रहेको बताउनु भयो ।